+
साफ महिला च्याम्पियनसिप :

अग्रता जोगाउन नसक्दा नेपाल बंगलादेशसँग पराजित, फाइनल पुग्न असफल

२०८३ जेठ  २० गते १८:१९ २०८३ जेठ २० गते १८:१९
अग्रता जोगाउन नसक्दा नेपाल बंगलादेशसँग पराजित, फाइनल पुग्न असफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
  • नेपालका लागि खेलको २२औं मिनेटमा गीता रनाले गोल गरे पनि बंगलादेशले दुवै हाफको इन्जुरी समयमा गोल फर्कायो।
  • साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै रहँदा बंगलादेशसँग नेपाल लगातार तेस्रो संस्करणमा पराजित भएको हो।

२० जेठ, काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै फाइनल पुग्न असफल भएको छ ।

गोवास्थति जवाहरलाल नेहरु स्टेडियममा नेपालले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

नेपाल दोस्रो पटक साफमा सेमिफाइनलबाटै बाहिरिएको हो भने बंगलादेशसँग पछिल्लो तीनवटै संस्करणमा नेपाल लगातार पराजित भएको हो ।

गीता रनाले २२औं मिनेटमा गोल गर्दै नेपाललाई पहिले अग्रता दिलाएकी थिइन् । तर बंगलादेशले पहिलो हाफमै बराबरी गोल फर्कायो ।

रितु पवर्ना चक्माले पहिलो हाफको इन्जुरी टाइममा कर्नरबाट ओलम्पिको गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् । खेल बराबरीतर्फ अघि अढिरहेको अवस्थामा बंगलादेशले दोस्रो हाफको इन्जुरी टाइममा विजयी गोल गर्‍यो ।

सामसुनाहरको क्रसमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई जित दिलाइन् । नेपालले पछिल्लो पाँच वर्षमा बंगलादेशलाई हराउन सकेको छैन ।

पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेपनि सेमिफाइनलमै पराजित भएपछि यसपटक पनि नेपालको लक्ष्य पूरा हुन सकेन ।

नेपाली महिला फुटबल टोली साफ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय