+
+
Shares

ट्याक्टरको ठक्करबाट विद्यालयबाट फर्किरहेकी बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते २०:३१

२१ जेठ, सर्लाही । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अर्जुन साहकी छोरी अंकिताकुमारी साह छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बिहीबार दिउँसो १२ बजे गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले अंकितालाई ठक्कर दिएको थियो । उनी त्यो बेला विद्यालयबाट घर फर्किरहेकी थिइन् ।

दुर्घटनापछि उनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनापछि ट्याक्टर चालक बलरा नगरपालिका–६ का १८ वर्षीय कृष्णकुमार साह भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?