+
+
Shares

गुल्मी जिल्ला प्रशासन कार्यालय अगाडि महिलाहरूको प्रदर्शन

अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेपाल महिला संघ तथा अखिल नेपाल महिला संघ गुल्मीमा आवद्ध महिलाहरूले प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर लगायतमाथि आक्रमण प्रयास गर्नेलाई कारबाही माग गर्दै विभिन्न महिला संगठनले प्रदर्शन गरेका छन् ।
  • गत ८ जेठमा मालिका गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएकी उपाध्यक्ष कुँवरमाथि योजनाबद्ध रूपमा आक्रमणको प्रयास भएको आरोप लगाइएको छ ।
  • प्रदर्शनकारीले दोषीलाई तत्काल पक्राउ गर्न र महिला जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

२२ जेठ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर लगायतमाथि आक्रमण गर्न खोज्ने समूहमाथि कारबाहीको माग राख्दै विभिन्न संघसंगठनमा आवद्ध महिलाहरूले शुक्रबार प्रदर्शन गरेका छन् ।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग राखेर उनीहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडि प्रदर्शन गरेका हुन् ।

अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेपाल महिला संघ तथा अखिल नेपाल महिला संघ गुल्मीमा आवद्ध महिलाहरूले प्रदर्शन गरेका हुन् ।

दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन, पीडितलाई न्याय दिन तथा महिला जनप्रतिनिधि र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न उनीहरूले माग गरेका छन् ।

८ जेठमा मालिका गाउँपालिका–८ कुटी सिमलटारीमा आयोजित एक सत्संग कार्यक्रममा सहभागी हुन गएकी इस्मा गाउँपालिकाकी उपाध्यक्ष कुँवर सहित केही कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमणको प्रयास भएको उनीहरूको आरोप छ ।

प्रदर्शनपछि महिला संगठनका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र समेत बुजाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?