+
+
Shares

शीतलनिवासमा युगकवि श्रेष्ठको ११५ औँ जन्मजयन्ती, क्षेत्री र शर्मा सम्मानित (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ जेठ २२ गते २१:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीका अवसरमा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मा युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित भएका छन् ।
  • शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई क्रमशः वर्ष २०८२ र २०८३ को सो पुरस्कार प्रदान गर्नुभयो ।
  • समारोहमा राष्ट्रपति पौडेलले भाषा, साहित्य र संस्कृति नेपालीको मौलिक पहिचान तथा गौरव भएको बताउनुभयो ।

२२ जेठ, काठमाडौं । युगकवि सिद्धिचरण पुरस्कारबाट डा दुबसु क्षेत्री र डा गार्गी शर्मा सम्मानित भएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित एक विशेष कार्यक्रमबीच उनीहरूलाई युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा क्षेत्रीलाई ०८२ र शर्मालाई ०८३ को पुरस्कारबाट पुरस्कृत गरिएको हो । शीतलनिवसमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरू पनि देखाएको थियो ।

सो क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताए ।

साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्त्वपूर्ण माध्यम पनि भएको उनले उल्लेख गरे ।

‘यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्त्वपूर्ण योगदान दिएको हुन्छ । साथै, साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सार्मथ्य राख्दछ भन्ने मलाई लाग्दछ,’ उनले भने ।

नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्‍याएको योगदानको स्मरण पनि गरे ।

राष्ट्रपति पौडेलले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाइने युगकवि सिद्धिचरण श्रेष्ठका कवितामध्ये उनको रचना ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गरे ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?