0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

देशभर २६३ प्रहरी चौकी जीर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैन : महानिरीक्षक कार्की

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा रहेको बताएका छन् ।
  • उनले बजेट अभावका कारण ती जीर्ण प्रहरी चौकीहरूको पुनर्निर्माण गर्न नसकिएको गुनासो गरे ।
  • स्थानीय तहको समन्वयमा चौकीहरू निर्माण भएमा प्रहरी कर्मचारीले न्यूनतम मानवीय सुविधा पाउने उनको भनाइ छ ।

२५ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै उनले जीर्ण रहेको प्रहरी चौकीको पुनर्निर्माणका लागि बजेट नभएको गुनासो गरे ।

महानिरीक्षक कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको पनि बताए ।

‘अहिले सिमावर्ती क्षेत्रका र संबेदनशिल ठाउँका चौकीहरू पनि भत्किने जीर्ण अवस्थाका छन् । चौकी नै लडेर केही होला कि भन्ने चिन्ता गर्नु पर्ने अवस्थाका छन् । हामीले अहिले २ सय ६३ वटा जीर्ण स्थायी चौकीहरूको जीर्ण भएका छन्, अस्थायीको त हिसाबै भएन,’ महानिरीक्षक कार्कीले भने, ‘जीर्ण भएका चौकीहरूको संघीय मामिला अन्तर्गत स्थानीय तहबाटै बन्ने स्थिति सिर्जना भइदियो भने हाम्रा मान्छेहरू दिनभर ड्युटी गरेपछि बेलुकी एकछिन आम नागरिक जस्तै मानवीय रूपमा स्वभाविक किसिमले बस्न पाउँछन् की भन्ने अपेक्षा छ ।’

अस्थायी चौकीहरू कति जीर्ण छन् भन्ने यकिन हिसाब नै नरहेको बताउँदै उनले संघीय मामिला तथा स्थानीय तहको समन्वयमा जीर्ण चौकीहरूको निर्माण हुनसके प्रहरी कर्मचारीहरूले ड्युटीपछि न्युनतम मानवीय सुविधा पाउने अवस्था सिर्जना हुने बताए ।

‘अस्थायी प्रहरी चौकी माग भएपछि हामीले एकदमै संवेदनशील भएर जरुरी भएको ठाउँमा हामीले राख्ने गरेको छ । प्रहरीको उपस्तिथित भइदिए राज्यको उपस्तिथित पनि हुन्छ तर त्यहाँ भूगोलको कुरा पनि छ । अहिले संवेदनशील क्षेत्रमा अस्थायी रुपमा प्रहरी छ,’ उनले भने, ‘तर अस्थायी किसिमको व्यवस्थाले स्थायी अवस्था सिर्जना नगर्ने हुनाले अस्थायीलाई अलि व्यवस्थित गर्नु पर्छ । त्यसको लागि बजेट चाहिन्छ, बजेटले नै भवन संरचना देखि लिएर लजिस्टिक सबै कुराको व्यवस्थापन गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?