+

फिफा विश्वकप २०२६ : क्यानडा र बोस्निया विजयी सुरुवात गर्ने लक्ष्यमा

२०८३ जेठ  २९ गते ११:५७ २०८३ जेठ २९ गते ११:५७
फिफा विश्वकप २०२६ : क्यानडा र बोस्निया विजयी सुरुवात गर्ने लक्ष्यमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत घरेलु मैदान टोरन्टो स्टेडियममा सहआयोजक क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाबीच शनिबार पहिलो पटक खेल हुँदैछ ।
  • अहिलेसम्म विश्वकपका ६ खेलमा हार व्यहोरेको क्यानडा यस पटक घरेलु मैदानमा पहिलो जित निकाल्ने योजनामा छ ।
  • युइएफए प्लेअफमा इटालीलाई पराजित गरेको बोस्निया एण्ड हर्जगोभिना भने १२ वर्षपछि विश्वकपमा पुनरागमन गर्दैछ ।

२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दोस्रो दिन सहआयोजक क्यानडाले बोस्निया एण्ड हर्जगोभिना विरुद्ध खेल्दा पहिलो जित निकाल्ने लक्ष्य छ ।

अमेरिका र मेक्सिकोसँगै सहआयोजकको भूमिकामा रहेको क्यानडाले घरेलु मैदानमा पहिलो पटक विश्वकपको खेल खेल्दैछ । यो खेल टोरन्टो स्टेडियममा नेपाली समय अनुसार शनिबार बिहान पौने १ बजे सुरु हुनेछ ।

अहिलेसम्म क्यानडाले विश्वकपमा कुनै खेल जित्न सकेको छैन र घरेलु मैदानमा खेल हुँदा जितको खडेरी तोड्ने लक्ष्यमा छ ।

यी दुई राष्ट्रि विश्वकप मात्र नभएर कुने पनि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भिड्दैछन् र दुवै सुखद सुरुवातको लक्ष्यमा छन् ।

पहिलो पटक विश्वकप आयोजक बनेको क्यानडा लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्दैछ ।

यता बोस्निया एण्ड हर्जगोभिना भने एक दशकपछि विश्वकपमा पुनरागमन गर्दैछ ।

पिफा वरियतामा क्यानडा ३०औं र बोस्निया ६४औं स्थानमा छ ।

सन् १९८६ मा मेक्सिकोमै भएको विश्वकपबाट डेब्यु गरेको क्यानडाले पछिल्लो पटक सन् २०२२ मा कतारमा भएको विश्वकप खेलेको थियो । क्यानडा लगातार दोस्रो पटक विश्वकप खेल्दैछ ।

२०२२ मा कतारमा विश्वकपमा पुनरागमन गरेको क्यानडा यस पटक आयोजकको नाताले सिधे छनोट भयो ।

क्यानडाले यसअघि विश्वकपमा खेलेको सबै ६ खेलमा हार व्यहोरेको छ र दुवै पटक समूह चरणबाटै बाहिरिएको थियो । अहिलेसम्म ६ खेलमा क्यानडाले जम्मा दुई गोल मात्र गरेको छ ।

यस्तै सन् २०१४ मा विश्वकपमा डेब्यु गरेको बोस्निया १२ वर्षपछि विश्वकप खेल्दैछ । त्यसबेला ब्राजिलमा भएको विश्वकपमा एक जित र दुई हारको नतिजा निकालेको बोस्निया समूह चरणबाटै बाहिरिएको थियो ।

यस पटक भने बोस्नियाले युइएफए प्लेअफमा छनोटमा चार पटकको विजेता इटलीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

विश्वकपमा डेब्यु गर्दा बोस्निया अर्जेन्टिनासँग २-१ र नाइजेजरियासँग १-० ले पराजित भएको थियो भने त्यसपछि इरानलाई ३-१ ले पराजित गरेको थियो ।

विश्वकपमा कोनकाकाफ राष्ट्र विरुद्ध विश्वकपमा बोस्नियाको पहिलो खेल हुनेछ ।

क्यानडा आइस हक्कीको पावर हाउस राष्ट्र हो तर विश्वक फुटबलकै प्रतिष्ठित प्रतियोगितामा भने क्यानडाको उपस्थिती बलियो छैन । तर यस पटक घरेलु मैदानमै विश्वकप हुँदा समहु चरण पार गर्ने लक्ष्यमा क्यानडा छ ।

जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने डिफेण्डर अल्फोन्सो डेभिसको कप्तानीमा रहेको क्यानडामा जोनाथन डेभिड, ताजोन बुचानान जस्ता खेलाडीहरु हेर्नलायक खेलाडीको रुपमा रहनेछन् ।

अल्फोन्सो डेभिस क्यानडाका लागि विश्वकपमा गोल गर्ने पहिलो खेलाडी हुन् । घानाको रिफ्युजी क्याम्पमा जमन्मेका उनी ५ वर्ष हुँदा क्यानडा पुगेका थिए  र क्यानडाका लागि १५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

सन् २०१४ मा विश्वकप खेलेको टिमबाट एडेन जेको र सिद कोलासिनाक मात्रै हाल बोस्नियाको टिममा छन् ।

भेट्रान फरवार्ड जेककोकै उत्कृष्ट प्रदर्शनमा बोस्नियाले विश्वकपमा स्थान बनाएको हो ।

क्यानडाका मिलफिल्डर स्टिफन युस्टाकियोले आफ्नो टिमसँग पर्याप्त अनुभव रहेको र आप्नै तरिकाले खेल्न सक्षम रहेको बताएका छन् । उनले घरेलु समर्थकहरु पनि खेल हेर्न उपस्थित हुने भएकोले त्यसले राम्रो नतिजा ल्याउन हदसला दिने उनले बताए ।

यस्तै बोस्निया एण्ड हर्जगोभिनाका प्रशिक्षक सेर्गेज बारबारेजले बोस्निया सानो देश भएको र दोस्रो पटक विश्वकप खेल्न लागेको बताउँदै यस्तो टोलीलाई कमजोर टोलीको रुपमा हेरिने बताए । उनले प्रतियोगिताको सुरुवाती खेल भएकोले यो आफुहरुको लागि सम्मानको कुरा भएको र सारा विश्वकलाई नै उत्कृष्ट खेल देखाउन तयार रहेको बताएका छन् ।

खेल विवरण

खेल : क्यानडा भर्सेस बोस्निया एण्ड हर्जगोभिना
स्थान : टोरन्टो स्टेडियम
समय : बिहान पौने १ बजे
रेफ्री : फाकुन्डो टेलो

क्यानडाको पछिल्लो ५ खेलको नतिजा : २ जित ३ बराबरी
बोस्निया एण्ड हर्जगोभिनाको पछिल्लो ५ खेलको नतिजा : २ जित ३ बराबरी

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय