+
+
Shares

कांग्रेसको प्रश्न : सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद भरत खड्काले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • सुधन गुरुङको सम्पत्तिको स्रोत र सेयरबारे छानबिन गर्न गठित समितिले एक हप्ताअघि प्रतिवेदन बुझाए पनि हालसम्म सार्वजनिक गरिएको छैन ।
  • प्रतिवेदन बुझाएपछि गुरुङ पुनः गृहमन्त्री बने पनि उनीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै संसद्‌मा प्रश्न उठाइएको छ ।

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सुधन गुरुङको सम्पति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे प्रश्न उठेको थियो । त्यसमाथि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो । समितिले प्रतिवेदन बुझाएको एक साता भयो । तर सार्वजनिक भएको छैन ।

समितिको प्रतिवेदन आएपछि पुन: सुधन गुरुङ गृहमन्त्री भएका छन् । तर, उनीमाथिको छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?