+
+
Shares

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

उनीसमेतका व्यक्तिहरूले २०७६ असार ९ गते राति बारेकोट गाउँपालिकाको लिम्सास्थित कार्यालय भवनमा गाउँपालिका अध्यक्षको ढोका अगाडि दुई वटा (पाइप बम र बट्टा बम) राखेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते २२:०८

२९ जेठ, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट पार्टी(विप्लव)  समूहका कार्यकर्ता सात वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ‘महान्’ भनिने खिबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीसमेतका व्यक्तिहरूले २०७६ असार ९ गते राति बारेकोट गाउँपालिकाको लिम्सास्थित कार्यालय भवनमा गाउँपालिका अध्यक्षको ढोका अगाडि दुई वटा (पाइप बम र बट्टा बम) राखेको प्रहरीले जनाएको छ ।

यस्तै, सोही वर्ष मंसिरमा नलगाड नगरपालिका–५ स्थित बाटोमा पनि बम विष्फोट गराएको मुद्दा पनि उनीमाथि रहेको प्रहरीले जनाएको छ ।

त्यसयता उनी फरार रहेको जाजरकोट प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैक्रममा उनलाई शुक्रबार दिउँसो जाजरकोटकै भेरी नगरपालिका–३ बाट पक्राउ गरेर जाजरकोट जिल्ला अदालतमा बुझाइएको प्रहरी विज्ञप्तिमा उल्लेख छ ।

Image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?