+
+
Shares

महँगियो लसुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा एक महिनाको अवधिमा नेपाली सुकेको लसुनको मूल्य ६१.९० प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ७० रुपैयाँ पुगेको छ ।
  • सोही अवधिमा चिनियाँ सुकेको लसुनको मूल्य पनि १२ प्रतिशतले बढेर प्रतिकिलो २ सय १० रुपैयाँ कायम भएको छ ।

१ असार, काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बजारमा सुकेको लसुनको मूल्यमा भारी वृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सुकेको लसुनको भाउ उल्लेख्य रूपमा बढेको देखिएको हो ।

१ जेठमा नेपाली लसुन प्रतिकिलो औसत १ सय ५ रुपैयाँमा कारोबार भएकोमा १ असारमा आइपुग्दा १ सय ७० रुपैयाँ पुगेको छ । एक महिनाकै अवधिमा नेपाली लसुनमा ६१.९० प्रतिशतको वृद्धि हो ।

त्यसैगरी, चिनियाँ सुकेको लसुनको मूल्यमा पनि वृद्धि भएको छ । १ जेठमा प्रतिकिलो १ सय ८७ रुपैयाँ ५० पैसा रहेको चिनियाँ लसुनको औसत मूल्य १ असारमा आइपुग्दा २ सय १० रुपैयाँ कायम भएको छ । यो अघिल्लो महिनाको तुलनामा १२ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?