२ असार, काठमाडौं । १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन् ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायत प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रने भन्दै सडक विभागले यस अवधिमा सडक खन्न रोक लगाएको हो ।
भदौ मसान्तसम्म कुनै पनि सडक डिभिजन कार्यालयले सडक खन्ने अनुमति नदिने विभागले सूचित गरेको हो । विनाअनुमति सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कडा कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।
स्वयं विभागले भने असारमा आफ्नो कामलाई तीव्रता दिने गर्छ । जुन असारे विकासका रूपमा बदनाम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4