+
+
Shares

‘भुमे सबै समुदायको साझा पर्व हो’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १९:४४

२ असार, रुकुमपूर्व । रुकुमपूर्वको भुमे गाउँपालिकामा मंगलबार छैटौं भुमे सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले महोत्सवको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले भुमे पर्वलाई कुनै एक समुदायको सीमित सांस्कृतिक अभ्यासका रूपमा नहेर्न आग्रह गरे ।

उनका अनुसार, समयसँगै यो पर्व मगर समुदायको सांस्कृतिक घेराबाट माथि उठेर साझा सामाजिक–सांस्कृतिक पहिचानका रूपमा विकसित भएको छ ।

‘भुमे पर्व मगरहरूको मात्र होइन, यहाँ बसोबास गर्ने सबै समुदायको साझा पर्व हो,’ उनले भने, ‘यसलाई राष्ट्रिय पर्वको सूचीसम्म पुर्‍याउने यात्रामा सबैको योगदान र अपनत्व जोडिएको छ।’

रुकुमपूर्व, रोल्पा र आसपासका पहाडी क्षेत्रमा पुस्तौंदेखि मनाइँदै आएको भुमे पर्व प्रकृतिसँग मानिसको सम्बन्ध गाँस्ने पर्वका रूपमा चिनिन्छ। खेतीपाती राम्रो होस्, वर्षा समयमै होस्, रोगव्याधि नलागोस् र गाउँमा शान्ति कायम रहोस् भन्ने कामनासहित भुमेथानमा पूजा गर्ने परम्परा अहिले पनि जीवित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?