३ असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् ।
अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरे ।
छैटाैँ पटक विश्वकप खेलेका मेस्सीले पहिलाेपटक ह्याट्रिक पूरा गरेका हुन् ।

यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकप बाहेक पाँच विश्वकपमा गोल गरेका छन् ।
चार वर्षअघि कतारमा मेसीले आप्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेसीले कीर्तिमानी २७औं खेल खेलेका छन् ।
प्रतिक्रिया 4