+
+
Shares

आनन्द चन्दले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ११:२४

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा आनन्द चन्दले उम्मेदवारी दिने भएका छन् ।

आगामी आइतबार देखि मंगलबारसम्म (असार ७ देखि ९ गतेसम्म) चितवनमा हुने प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने चन्दले बताएका छन् । चन्द कैलाली–५ बाट गत निर्वाचनमा रास्वपाबाट निर्वाचित भएका थिए ।

चन्द जनस्वास्थ्यको क्षेत्रमा पनि कार्य गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष प्राध्यपान गरेका थिए । जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टीस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी गरेका छन् ।

रास्वपाको विधान अनुसार ९९ जना निर्वाचित हुने व्यवस्था छ । हरेक प्रदेशबाट खुलातर्फ समावेशीताका आधारमा अनिवार्य पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने विधानको व्यवस्था छ ।

महाधिवेशनबाट नयाँ नेतृत्व मतदानबाट वा सहमतिबाट टुंगाउन्ुपर्नेमा पार्टीभित्र दुई थरी धारणाहरु व्यक्त हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?