+
+
Shares

एभरेस्ट कलरको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट कलर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिहीबार बाँडफाँट भएको छ, जसमा ६५ हजार ५७० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
  • कम्पनीको आईपीओमा आवेदन दिएका कुल २६ लाख ४१ हजार ९५९ जनाको आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
  • सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका दरले ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरिएको थियो ।

४ असार, काठमाडौं । एभरेस्ट कलर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिहीबार बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि यस कम्पनीको आईपीओ खुलेको थियो । आईपीओमा आवेदन दिएका मध्ये २६ लाख ४१ हजार ९५९ को सदर भएको थियो । सदर भएका आवेदनमध्ये ६५ हजार ५७० जनाले १० कित्ताका दरले पाएका छन् ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८.३७ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०४.०९ रुपैयाँ छ । सञ्चित नाफा ९० लाख रुपैयाँ बराबर रहेको छ । क्रेडिट रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?