News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले लेबी नतिरेका प्रतिनिधिहरूलाई आगामी महाधिवेशनमा प्रवेश रोक लगाउने भएको छ ।
- महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशन प्रतिनिधि बन्न पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्नेछ ।
- पार्टीले लेबी तिर्न बाँकी सदस्यहरूलाई तत्काल रकम बुझाउन र आचारसंहिता पालना गर्न निर्देशन दिएको छ ।
४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेश रोक लगाउने भएको छ ।
महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुुसार, आफ्नो पुरानो पद अनुसार सबै प्रतिनिधिले लेबी तिरेको हुुनपर्नेछ ।
‘सबै प्रतिनिधिले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने । लेबी नतिरेको त्यस्तो सदस्य भएमा उनीहरूलाई अधिवेशनमा प्रवेशका लागि रोक लगाउने भन्ने छ,’ महामन्त्री बुर्लाकोटीले भने ।
साथै, आजको बैठकबाट लेबी तिर्न बाँकी भएकालाई पनि अनुरोध गरिएको उनले बताए ।
‘आजको बैठकबाट तिर्न बाँकी भएकालाई तिर्न पनि अनुरोध गरिएको छ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘पार्टीको अनुशासनमा र निर्वाचन आचारसंहितामा पनि रहनेगरी निर्देशन गरिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4