News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी आइतबारदेखि चितवनमा शुरू हुने पहिलो महाधिवेशनमा विभिन्न दलका प्रमुख नेताहरूलाई आमन्त्रण गर्ने भएको छ ।
- रास्वपा संगठन विभागका सदस्य शंकर श्रेष्ठले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि अन्य दलका नेताहरूलाई बोलाइने जानकारी दिए ।
४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनमा शुभकामना मन्तव्यका लागि अन्य दलका प्रमुख नेतालाई बोलाउने भएको छ ।
आगामी आइतबारदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनको उद्घाटन सत्रमा दलका प्रमुखहरूलाई आमन्त्रण गर्ने भएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अरु दलका प्रमुखलाई शुभकामना मन्तव्यका लागि बोलाउन लागिएको हो ।
रास्वपा संगठन विभागका सदस्य शंकर श्रेष्ठले अरु दलका प्रमुख नेता र विदेशस्थित पाहुनाहरुलाई आमन्त्रण गरिने बताए ।
उनले भने, ‘दलका नेताहरुलाई शुभकामना मन्तव्यका लागि बोलाउँछौं । विदेशस्थित बोलाउने पाहुनाहरूबारे आज छलफल हुँदैछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4