News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।
- पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन निर्देशिका परिमार्जनसहित पारित गर्दै शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।
- बैठकले आगामी भदौ मसान्तसम्म जिल्ला अधिवेशन र असोज मसान्तसम्म सक्रिय सदस्यता वितरण सम्पन्न गर्ने प्रस्ताव गरेको छ ।
४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङ्देनले बताए ।
केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति पारित प्रस्तावहरूमाथि छलफल गरेर आवश्यक निर्णय लिने उनले बताए ।
उनले भाद्र मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने प्रस्ताव गरिएको समेत बताए ।
प्रतिक्रिया 4