+
+
Shares

कोशीका सवारी साधनमा ‘संगीत रोयल्टी’ अनिवार्य

कोशी प्रदेशमा सार्वजनिक सवारीमा गीत–संगीतको प्रयोग गरेवापत अनिवार्य रूपमा संगीत रोयल्टी तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:१४

४ असार, विराटनगर । कोशी प्रदेशमा सार्वजनिक सवारीमा गीत–संगीतको प्रयोग गरेवापत अनिवार्य रूपमा संगीत रोयल्टी तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

प्रतिलिपि अधिकार ऐन, २०५९ को व्यवस्थाअनुसार पहिलो चरणमा यातायात क्षेत्रबाट रोयल्टी संकलनको सुरुवात गरिएको हो ।

संगीत रोयल्टी संकलनका लागि एमएमएस नेपालले कोशी प्रदेशको विराटनगर, इटहरी, बिर्तामोड, धनकुटासहित सात स्थानमा कार्यालय स्थापना गरी प्रतिनिधि परिचालन गरेको छ ।

यी यातायात कार्यालयमा सार्वजनिक सवारी साधनको दर्ता, नवीकरण र नामसारी गर्दा संगीत रोयल्टी तिरेको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

रोयल्टीवापत बसले वार्षिक रूपमा दुई हजार, मिनी बसले १ हजार ४००, ट्रक तथा ट्यांकरले एक हजार २००, साना सवारी (ट्याक्सी, जिप, भ्यान)ले एक हजार र टेम्पोले ८०० रुपैयाँ बुझाउनुपर्नेछ ।

यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख मनोज कार्कीले कानुनी व्यवस्थाअनुसार रोयल्टी चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको बताए ।  यातायात क्षेत्रमा लागु भएपछि अब होटल, रेस्टुरेन्टलगायत क्षेत्रमा रोयल्टी संकलन प्रक्रिया सुरु गरिने एमएमएस नेपालका सञ्चार प्रमुख नवीन दाहालले जानकारी दिए ।

यसरी संकलन भएको रोयल्टीको केही अंश सर्जकले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?