News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्टक एक्सचेन्जमा टक्सार पिखुवाखोला हाइड्रोपावरको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ ।
- नेप्सेमा याम्बलिङ हाइड्रोपावरको ७० लाख कित्ता सेयर पनि सूचीकृत भएको छ ।
- सूचीकृत दुवै कम्पनीको सेयर कारोबार आगामी सोमबारदेखि दोस्रो बजारमा शुरू हुनेछ ।
५ असार, काठमाडौं । शुक्रबार नेप्सेमा दुई नयाँ कम्पनी सूचीकृत भएका छन् । टक्सार पिखुवाखोला हाइड्रोपावरको आईपीओ दोस्रो बजारमा सूचीकृत भएको हो ।
कम्पनीको सेयर सोमबारदेखि कारोबारमा आउने भएको छ । यस कम्पनीको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा सर्वसाधारण समूहको सेयर ३५.२६ प्रतिशत र संस्थापक सेयर ६४.७४ प्रतिशत छ ।
कम्पनीको पहिलो कारोबार १ सय रुपैयाँदेखि ३ सय रुपैयाँको बीचमा हुनेछ । कम्पनीको कोड नाम टीपीकेएचएल रहेको छ ।
त्यस्तै याम्बलिङ हाइड्रोपावरको आईपीओ पनि सूचीकृत भएको छ । कम्पनीको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयर ४० प्रतिशत र संस्थापक सेयर ६० प्रतिशत रहेको छ ।
यो कम्पनीको कारोबार पनि सोमबारदेखि नै हुनेछ । पहिलो कारोबार मूल्य १ सय रुपैयाँदेखि ३ सयको बीचमा हुनेछ । कम्पनीको कोड नाम वाईएमएचएल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4