News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वाधार विकास मन्त्रालयले सर्वसाधारणका गुनासो र सुझाव सङ्कलन गर्न 'हेलो पूर्वाधार' नामक डिजिटल प्ल्याटफर्म सार्वजनिक गरेको छ ।
- सर्वसाधारणले ११२० नम्बरको टोलफ्री फोन, इमेल, ह्वाट्सएप र भाइबरमार्फत पूर्वाधार निर्माण सम्बन्धी गुनासो टिपाउन सक्नेछन् ।
- टोलफ्री नम्बरमा कार्यालय समयमा र अन्य डिजिटल माध्यमबाट चौबिसै घण्टा गुनासो टिपाउन सकिने व्यवस्था मन्त्रालयले गरेको छ ।
५ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित गुनासो अब ‘हेलो पूर्वाधार’ नामक फोन र सामाजिक सञ्जाल मार्फत टिपाउन सकिने भएको छ ।
मन्त्रालयले शुक्रबार यो प्ल्याटफर्म सार्वजनिक गरेको हो । पूर्वाधार मन्त्रालयबाट प्रदान गरिने सेवा र सार्वजनिक सरोकारका विषयमा गुनासो वा सुझाव ११२० नम्बरको फोनमा नि:शुल्क टिपाउन सकिने भएको छ ।
त्यस्तै इमेल, ह्वाट्सएप र भाइबरका माध्यमबाट समेत गुनासो टिपाउन सकिने छ । मन्त्रालयका अनुसार टोलफ्री नम्बरमा कार्यालय समयमा गुनासो टिपाउन सकिने छ ।
अन्य माध्यमबाट भने चौबिसै घण्टा गुनासो टिपाउन सकिने मन्त्रालयले जनाएको छ । सडक, पुल, खानेपानी लगायत पूर्वाधार निर्माणका गुनासो सर्वसाधारणले अब सिधै मन्त्रालयमा टिपाउन सक्नेछन् ।
प्रतिक्रिया 4