News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको वीरगञ्जस्थित बाल सुधार गृहको शौचालयको भेन्टिलेटर फुटाएर फरार भएका दुई बालक डेढ घण्टामै पक्राउ परेका छन् ।
- नेपाल–भारत सीमा क्षेत्रको मितेरी पुलबाट पक्राउ परेका १० र ११ वर्षीय ती बालकहरू डाँका चोरी मुद्दाका आरोपी हुन् ।
५ असार, काठमाडौं । बाल सुधार गृहबाट फरार २ बालक डेढ घण्टामै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ११ वर्षीय र १० वर्षीय बालक छन् । पर्साको वीरगञ्ज महानगरपालिका–४ मा रहेको बाल सुधार गृहको शौचालयको भेन्टिलेटर फुटाएर उनीहरू फरार भएका थिए ।
फरार उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रको मितेरी पुलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
सर्लाही भएका उनीहरू डाँका चोरी मुद्दामा सुधार गृह पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4