+
+
Shares

मंसिर अन्तिम साता राप्रपाको महाधिवेशन, कात्तिक मसान्तसम्ममा प्रतिनिधि छनोट

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
  • महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
  • स्वीकृत कार्यतालिकाअनुसार आगामी भदौ मसान्तभित्र जिल्ला र असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।

६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रिय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीको शुक्रवार र शनिवार बसेको केन्द्रिय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रिय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन् ।

आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रिय कार्यसम्पादन समितिलाई दिएको अध्यक्ष लिङदेनले जानकारी दिए ।

बैठकले केन्द्रिय निर्वाचन समितिले प्रश्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ । पारित कार्यतालिकाअनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।

सक्रिय सदस्यता वितरण अभियानलाई पनि भदौ मसान्तसम्म सञ्चालन गरिने उनले बताए । सो अवधिभित्र सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ ।

भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रिय महाधिवेशनमा सहभागी हुन योग्य हुने अध्यक्ष लिङ्देनले जानकारी दिए ।

असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने राप्रपाले निर्णय गरेको छ । कार्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् ।

छनोट भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ । साथै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने व्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?