६ असार, काठमाडौं । अमेरिकासँग युद्धविराम सहमति गरेको इरानले फेरि होर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गरेको छ । इरानको युद्ध हेर्ने निकाय आतम अल अम्बिया मुख्यालयले होर्मुज स्ट्रेट जहाजहरूका लागि पुन बन्द गर्न लागेको बताएको हो ।
बीबीसीका अनुसार अल अम्बिया मुख्यालयले अमेरिकासँग भएको युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन भएकाले होर्मुज स्ट्रेट फेरि बन्द गर्नुपरेको बताएको छ । उसले इजरायलले दक्षिणी लेबनानमा लगातार हमला गरेर क्रूर नरसंहार गरेको आरोप लगाएको छ ।
यस्तै इरानी रिभोल्युसनरी गार्ड कर्प्स(आईआरजीसी)ले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने सबै जहाजका लागि बाटो बन्द गरेको घोषणा गरेको छ । उसले पनि अमेरिका र इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ ।
उता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले होर्मुज स्ट्रेट बन्द भएको कुरा अफवाह रहेको दाबी गरेका छन् । उनले फोक्स न्युजसँग कुरा गर्दै होर्मुज पूर्ण रूपमा खुला रहेको दाबी गरे ।
उक्त कुराकानीमा उनले इरानले होर्मुज स्ट्रेट बन्द गरेको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।
प्रतिक्रिया 4