+
+
Shares

लागुपदार्थ ओसारपसारमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते २०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका पाँच जिल्लाबाट लागुऔषध कारोबारमा संलग्न आरोपमा आइतबार १३ जना पक्राउ परेका छन् ।
  • प्रहरीले उनीहरूका साथबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि, गाँजा र ४ वटा दुईपाङ्ग्रे सवारीसाधन बरामद गरेको छ ।
  • पक्राउ परेका अभियुक्तहरूलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

७ असार, सुनसरी । लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा झापा, मोरङ, धनकुटा, उदयपुर र सुनसरीबाट १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–२ का ३१ वर्षीय विवेक राजवंशी, २८ वर्षीय रेगन राजवंशी, ३१ वर्षीय संजयकुमार राजवंशी, बिर्तामोड–९ का ३५ वर्षीय राजकुमार कामती र उनकी श्रीमती मनिका कामती रहेका छन् ।

यसैगरी पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ का २९ वर्षीय दर्शन राई, धनकुटा–१० का २८ वर्षीय नमुनेश भुजेल, सहिदभूमि गाउँपालिका–२ का २३ वर्षीय आयुष राई र  उदयपुरगढी गाउँपालिका–६ का ३० वर्षीय नरबहादुर पुलामी मगर रहेका छन् ।

यसैगरी पक्राउ पर्नेमा मोरङको कानेपोखरी–७ का २७ वर्षीय समिर राई, विराटनगर महानगरपालिका–१७ का २५ वर्षीय सोहराब आलम, सुनसरीको धरान–११ का २४ वर्षीय मियोङ लिम्बु र धरान–१५ का २० वर्षीय एमिल राई रहेका छन् ।

आइतबार पक्राउ परे‍का उनीहरूको साथबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि,  गाँजा र ४ वटा दुई पाङ्ग्रे सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै अभियुक्तलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हिरासतमा लिइएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?