News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशबाट भित्रिएको मनसुन प्रणाली मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- नेपालमा यस वर्ष सरदर मितिभन्दा ६ दिन ढिलो गरी ५ असारमा भित्रिएको मनसुन हाल कमजोर अवस्थामा रहेको महाशाखाले उल्लेख गरेको छ ।
- देशका अन्य बाँकी भूभागमा मनसुन विस्तार हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
८ असार, काठमाडौं । कोशी प्रदेशबाट भित्रिएको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको छ ।
यस वर्षको मनसुन प्रणाली ५ असारमा कोशी प्रदेशमा भित्रिएको थियो । यही मनसुन प्रणाली विस्तार हुँदै मधेश, बागमती हुँदै आज गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘यस वर्षको मनुसन प्रणाली ८ असारका दिन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरे स्थानमा प्रवेश गरेको छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
नेपालमा यस वर्षको मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी ५ असारमा कोशी प्रदेशबाट भित्रिएको थियो । मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
हेर्नुहोस् महाशाखाको बुलेटिन :

प्रतिक्रिया 4