News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा सम्पन्न तीन दिवसीय आँप मेलामा ३० लाख रुपैयाँ बराबरको आँपको कारोबार भएको छ ।
- पाँच सय विघा क्षेत्रफलको बगैँचामा लागेको उक्त मेलालाई तीन दिनमा २० हजार जनाले अवलोकन गरेका छन् ।
- मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन गर्नुभएको मेलाको उद्देश्य आँप खेती प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकास गर्नु हो ।
८ असार, जनकपुरधाम । फलको राजा आँपैआँपले चिनिएको धनुषको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा तीन दिवसीय आँप मेला सम्पन्न भएको छ ।
शुक्रबारदेखि आइतबारसम्म चलेको आँप मेलामा ३० लाख रुपैयाँ बराबरको आँपको कारोबार भएको आयोजक चित्रपुर म्यांगो अग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीपकुमार महताले बताए ।
करिब ५ सय विघा क्षेत्रफलमा रहेको आँप बगैँचाभित्र लागेको आँप मेलामा तीनदिनमा २० हजार जनाले अब्लोकन गरेको उनको भनाइ छ ।
मेलामा दर्जन बढी प्रकारका आँप, आँपका विविध परिकार अचार, अमोट, जुस, चिप्स प्रदर्शनसँगै विक्रिवितरण भएको छ ।

गत शनिबार मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मेलाको उदघाटन गरेका थिए ।
मुख्यमन्त्रीसँग भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री श्यामप्रसाद पटेल, श्रम तथा यातायात मन्त्री शारदादेवी थापा समेत उद्घाटनमा पुगेका थिए ।
मधेशका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो, शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह लगायतले पनि आँप मेलाको अवलोकन गरेका थिए ।

मेलामा आँपको विषयमा चर्चासँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजन गरिएको थिए ।
आँप खेतीलाई प्रवर्द्धन तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न चित्रपुरवासीले विगत तीन वर्षदेखि वर्षेनि मेला लगाउँदै आएका छन् ।
मेलाको अवधारणसहित प्रारम्भ स्थानीय सञ्चारकर्मी समेत रहेका फुलगेन महतो मगहीले गरेका थिए ।

प्रतिक्रिया 4