+
+
Shares

उद्योग वाणिज्य महासंघमा सल्लाहकार सहित परिषद् र समितिका सभापति मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकारसहित विभिन्न परिषद् र समितिका सभापतिहरू मनोनीत गरेको छ ।
  • अध्यक्ष अन्जन श्रेष्ठले पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समिति र कुशकुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनीत गर्नुभयो ।
  • बैठकले उद्योग वाणिज्य परिषद्मा कृष्णप्रसाद शर्मा, वस्तुगतमा नरेशलाल श्रेष्ठ र रोजगारदाता परिषद्को सभापतिमा प्रबलजंग पाण्डेलाई मनोनीत गरेको छ ।

८ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकारसहित परिषद् र विभिन्न समितिका सभापति मनोनीत गरेको छ ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनीत गरेका छन् ।

यस्तै उद्योग वाणिज्य परिषद् सभापतिमा महासंघका जिल्लानगर क्षेत्रका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा जिल्लानगर क्षेत्रकै उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ मनोनीत भएका छन् । वस्तुगत परिषद् सभापतिमा वस्तुगत संघ समूहका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, रोजगारदाता परिषद् सभापतिमा एसोसिएट सदस्य समूहका उपाध्यक्ष प्रबलजंग पाण्डे मनोनीत भए ।

यसैगरी कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समिति सभापतिमा अरनिको राजभण्डारी, उद्योग समिति सभापतिमा उज्ज्वल श्रेष्ठ, व्यापार समिति सभापतिमा नवीन रिजाल र महिला उद्यमी विकास समिति सभापतिमा सुनिता नेमाफुकी मनोनीत भए ।

यसैगरी सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारबहन समिति सभापतिमा लिलेन्द्र प्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समिति सभापतिमा संघर्ष विष्ट, बैंक, वित्तीय तथा बीमा समिति सभापतिमा हेमन्त गोल्छा, निर्यात समिति सभापतिमा होम प्रसाद घिमिरे र व्यापार मेला समितिको सभापतिमा सविन श्रेष्ठ मनोनीत भए ।

सहरी विकास समितिको सभापतिमा बिदुर धमला, स्वास्थ्य विज्ञान समिति सभापतिमा विप्लव अधिकारी, सिप विकास तथा रोजगार समिति सभापतिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेसन समिति सभापतिमा सहारा जोशी, पूँजी बजार समिति सभापतिमा प्रियराज रेग्मी, सामाजिक सेवा समितिको सभापतिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रविन पुरी मनोनीत भए ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघको विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यहरूलाई विभिन्न समितिका सभापति मनोनयन गरेका हुन् । अध्यक्ष श्रेष्ठले मनोनीत सभापतिहरूबाट महासंघको छवि तथा प्रतिष्ठालाई अझै बढी सशक्त रुपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?