काठमाडौं । बलिउडकी सांगीतिक स्टार नेहा कक्करको नयाँ म्युजिक भिडियो ‘फन्दा’मा नेपाली मोडल तथा सोसल मिडिया इन्फ्लुएन्सर इभा गिरीलाई देख्न पाइने भएको छ । बुधबार सार्वजनिक हुने तयारीमा रहेको म्युजिक भिडियोको टिजर सार्वजनिक भएको छ, जहाँ इभालाई हट अवतारमा देख्न पाइनेछ ।
पोयटिक र्याबिट म्युजिकले निर्माण गरेको गीतको भिडियोमा गिरीको बोल्ड र हट अवतार देख्न सकिन्छ । सोसल मिडियाका लागि भिडियो कन्टेन्ट बनाउँदै आएकी इभाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन् ।
बलिउड हस्ती नेहाको म्युजिक भिडियोमा फिचर्ड हुन पाउनु इभाको लागि करिअरमा ठूलै उपलब्धि मान्नुपर्छ । हुन त पछिल्लो समय इभाले भारतीय प्रशंसकलाई लक्षित गर्दै त्यहाँका कलाकारसँग मिलेर भिडियो इन्स्टाग्राममा सार्वजनिक गरिरहेकी थिइन् ।
यो म्युजिक भिडियो बुधबार सार्वजनिक हुने जनाइएको छ ।
प्रतिक्रिया 4