९ असार, चितवन । रास्वपा नेतृ एवं महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
चितवनमा जारी महाधिवेशनमा कर्णाली प्रदेशको भूगोलबाट केन्द्रीय सदस्य उम्मेदवार रहेकी बादीले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
आइतबार उद्घाटनसत्रबाट सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा मंगलबार बन्दसत्र सम्पन्न भएसँगै नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ ।
जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार भोलि बिहान ९ बजेदेखि मतदान सुरु हुनेछ ।
कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उनले उम्मेदवारी दिएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4