+
+
Shares

न्युयोर्कको स्केच कमेडीमा नेपाली कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते ११:५३

नेपाली मूलका अमेरिकी कलाकार ओमराज राउत न्युयोर्कको मौलिक स्केच कमेडी ‘ए स्केच अफ न्युयोर्क’मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । जुन १९ देखि २१ सम्म मञ्चन भइरहेको यस नाटकका विभिन्न शृङ्खलाहरूमा राउतले आफ्नो अभिनय कला प्रदर्शन गरिरहेका हुन् ।

जो डिनोजी र डेरियन डेमारियाको लेखन तथा निर्देशन रहेको यस नाटकको विशेषता के छ भने यसमा कुनै एकल ‘हिरो’ वा मुख्य पात्र हुँदैन । नाटकमा आबद्ध कलाकारहरूको समूहले नै फरक-फरक उप-कथाहरूमा पालैपालो मुख्य र सहायक भूमिका निभाउने गर्छन् ।

न्युयोर्क शहरको व्यस्त र अस्तव्यस्त जीवन, रंगकर्मीहरूको संघर्ष, आधुनिक प्रेमका जटिलता र कला क्षेत्रभित्रकै विडम्बनाहरूलाई नाटकमा व्यङ्ग्यात्मक रूपमा उतारिएको छ ।

एउटै मञ्चमा निरन्तर रूपमा फरक-फरक भूमिकामा रूपान्तरण हुन पाउनु आफ्ना लागि निकै चुनौतीपूर्ण र सुखद अनुभव रहेको अभिनेता राउत बताउँछन् ।

‘यो नाटकले एकदमै द्रुत गतिमा पात्र परिवर्तनको माग गर्छ, जुन मलाई खुबै मनपर्छ,’ राउतले आफ्नो अनुभव साट्दै भने, ‘एउटै साँझमा धेरै चरित्रहरूमा बाँचेर अभिनय गर्दा आफूभित्रको कलाकारिता झन् तिखारिन्छ र दर्शकले पनि मेरो अभिनयको विविध रूप देख्न पाउँछन्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?