१०, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाविधेशनमा चितवनबाट मात्रै १३ जनाले केन्द्रीय पदमा सदस्यमा उम्मेदवारी दिएका छन् ।
रास्वपाको उद्गम थलो मानिने चितवनबाट मात्रै १३ जनाले उम्मेदबारी दिएको रास्वपा चितवनका जिल्ला सभापति मिनि माधव खनालले जानकारी दिए ।
खनालले दिएको जानकारी अनुसार सांसदहरु हरि ढकाल, सोविता गौतम, प्रभा ढकाल, समिना मियासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेमा कोशिश कोइराला, मनबहादुर लामा, सविना वि.क. ध्रुब गिरी, जगदिशचन्द्र शर्मा, प्रकृति ढकाल, सञ्जिव भट्टराई, आकांक्षा पोखरेल र पवन कण्डेल रहेका छन् ।
निवर्तमान केन्द्रीय सदस्य राजन गौतमले भने केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4