११ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबललाई पुननिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको थियो । यसै सन्दर्भमा मन्त्री पोखरेलले उक्त टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा एक प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले खेलकुदका सरोकारवाला लगायत पूर्वखेलाडीसँग छलफल भइरहेको र नेपाली फुटबललाई ‘रिबिल्ड’ गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डसँग सम्बन्धित एक पोस्ट फेसबुकमा राखेका थिए । त्यहाँ एक व्यक्तिले एन्फा फिफाको निलम्बनमा परेको बारे धारणा सोधेका थिए । सो क्रममा मन्त्री पोखरेलले भनेका छन्, ‘हामी हालका र यसअघिका फुटबल खेलाडीहरू सहित विभिन्न सरोकारवालासँग निरन्तर छलफलमा छौं । हामी नेपाली फुटबललाई पुननिर्माण गर्नेछौं ।’

प्रतिक्रिया 4