१२ असार, काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन स्मार्ट २० सार्वजनिक गरेको छ। कम्पनीका अनुसार एआई आधारित सञ्चार सुविधा, सहज कार्यसम्पादन, मजबुत डिजाइन तथा लामो ब्याट्री ब्याकअपसहितको यो स्मार्टफोन दैनिक प्रयोगलाई लक्षित गरी बजारमा ल्याइएको हो।
कम्पनीले स्मार्ट २० मा एआई सक्षम आवाज सुधार प्रविधि, उच्च रिफ्रेस रेट भएको डिस्प्ले, शक्तिशाली ब्याट्री तथा टिकाउ डिजाइनजस्ता आधुनिक सुविधा समावेश गरेको जनाएको छ। नेपाली बजारमा स्मार्ट २० को ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १९ हजार ९९९ रुपैयाँ तथा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २१ हजार ९९९ निर्धारण गरिएको छ।
यस स्मार्टफोनमा रहेको प्योर भ्वाइस टेक्नोलोजी र भ्वाइसप्रिन्ट न्वाइज रिडक्सन ले प्रयोगकर्ताको आवाज पहिचान गरी वरपरको अनावश्यक आवाज कम गर्ने भएकाले भीडभाड, कार्यालय वा सार्वजनिक यातायातमा पनि स्पष्ट फोन वार्ताको अनुभव प्राप्त हुने कम्पनीको दाबी छ।
स्मार्ट २० मा ६७८ इन्चको पञ्च–होल डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट उपलब्ध गराइएको छ, जसले स्क्रोलिङ, टच प्रतिक्रिया तथा भिडियो हेर्ने अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ।
कार्यसम्पादनका लागि यसमा मिडियाटेक हेलियो जी८१ अल्टिमेट प्रोसेसर प्रयोग गरिएको छ। साथै, कम्पनीका अनुसार यो स्मार्टफोन ४८ महिनासम्मको फ्लुएन्सी सर्टिफिकेसन सहित उपलब्ध भएकाले लामो समयसम्म सहज रूपमा सञ्चालन हुने दाबी गरिएको छ।
फोनमा ५,२०० एमएएच क्षमताको ब्याट्री र ७.७ मिलिमिटर मोटाइको अल्ट्रा–स्लिम डिजाइन रहेको छ, जसले दिनभरको ब्याट्री ब्याकअप र सहज प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। यसमा अल्ट्रालिङ्क फ्री कल सुविधा पनि समावेश गरिएको छ, जसमार्फत मोबाइल नेटवर्क उपलब्ध नभएको अवस्थामा पनि करिब १ किलोमिटरसम्म कल तथा सन्देश आदानप्रदान गर्न सकिने कम्पनीले जनाएको छ।
फोनमा आईपी ६४ वाटर एन्ड डस्ट रेसिस्टेन्स, वेट एन्ड ग्रिजी टच सपोर्ट तथा १.५ मिटर ड्रप रेसिस्टेन्स जस्ता सुरक्षा सुविधासमेत समावेश गरिएको छ, जसले दैनिक प्रयोगमा थप विश्वसनीयता प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार इन्फिनिक्स स्मार्ट २० नेपालभरका आधिकारिक बिक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रहरूमा उपलब्ध भइसकेको छ।
प्रतिक्रिया 4