News Summary
Generated by OK AI. Editorially reviewed.- युट्युबले शर्ट्स प्लेयरको यूआई परिवर्तन गर्दै लाइक र डिसलाइक बटन हटाएर मुटुको आइकन र क्लियर स्क्रिन फिचर सार्वजनिक गरेको छ।
- नयाँ अपडेटसँगै प्रयोगकर्ताले शर्ट्समा २ एक्स प्लेब्याक स्पिडको सुविधा पाउनेछन् भने डिसलाइकको डेटा अबदेखि अपडेट नहुने कम्पनीले जनाएको छ।
- यो परिवर्तन शर्ट्समा मात्र सीमित रहने र लामा भिडियो वा लाइभमा पुरानै बटनहरू कायमै रहने युट्युबले स्पष्ट पारेको छ।
युट्युबले आफ्नो शर्ट्स प्लेयरको प्लेब्याक युआई (यूजर इन्टरफेस) मा परिवर्तन गर्दै नयाँ अपडेटहरू घोषणा गरेको छ । यस नयाँ अपडेट अन्तर्गत शर्ट्स भिडियोहरूमा थम्ब्स अप (लाइक) र थम्ब्स डाउन (डिसलाइक) आइकनहरूलाई हटाइएको छ ।
अब त्यसको सट्टामा टिकटक र रिल्स् जस्तै एउटा मात्र हार्ट (मुटु) आइकन राखिएको छ । यसका साथै प्रयोगकर्तालाई बिना कुनै झन्झट भिडियो हेर्ने सुविधा दिनका लागि ‘क्लियर स्क्रिन’ विकल्प पनि थपिएको छ ।
कम्पनीका अनुसार अब शर्ट्स हेर्ने दर्शकले कुनै भिडियो मन पराएमा सिधै स्क्रिनमा रहेको हार्ट आइकनमा ट्याप गर्न सक्नेछन् । तर यदि उनीहरूलाई कुनै भिडियो मन परेन भने उनीहरूले अब थम्ब्स डाउन गर्ने विकल्प पाउने छैनन् ।
त्यसको सट्टा प्रयोगकर्ताले तीनवटा डट भएको मेनुमा गएर युट्युबको ‘नट इन्ट्रेस्टेट’, ‘डोन्ट रेकमेन्ड दिस च्यानल’ वा ‘रिपोर्ट’ विकल्पहरू रोज्नुपर्ने हुन्छ । युट्युबले यो परिवर्तनपछि आफ्नो सिस्टमले दर्शकको प्रतिक्रियाबारे अझ विस्तृत र स्पष्ट फिडब्याक पाउने बताएको छ ।
यो नयाँ परिवर्तनले क्रिएटरहरूका लागि भने डेटा विश्लेषणको तरिकामा परिमार्जन ल्याउनेछ । अब शर्ट्स भिडियोहरूले डिसलाइकको डेटा गुमाउनेछन् । युट्युबले क्रिएटरहरूका लागि युट्युब स्टुडियोमा पुराना शर्ट्सका डिसलाइक डेटाहरू हेर्ने सुविधा यथावत् रहने स्पष्ट पारेको छ ।
तर यो संख्या जून महिनाको अन्त्यदेखि अपडेट हुन बन्द हुनेछ । त्यसपछि क्रिएटरहरूले दर्शकको प्रतिक्रिया र आफ्नो भिडियोको प्रस्तुति मूल्याङ्कन गर्नका लागि नयाँ दृष्टिकोण अपनाउनुपर्ने हुन्छ । यो परिवर्तन केवल शर्ट्सका लागि मात्र लागू हुने भएकाले युट्युबका लामा भिडियो र लाइभमा भने पहिले जस्तै डिसलाइक बटन कायमै रहनेछ ।
यसका साथै युट्युबले शर्ट्समा नयाँ ‘क्लियर स्क्रिन’ मोड पनि थपेको छ । यो फिचरले विन्डोको माथि देखिने कन्ट्रोल बटन, टेक्स्ट विवरण र क्याप्सनहरूलाई अस्थायी रूपमा लुकाइदिन्छ । यदि कुनै दर्शकले स्क्रिनमा देखिने विभिन्न फङ्सन र अक्षरहरू बिना नै सफा रूपमा भिडियो मात्र हेर्न चाहन्छन् भने उनीहरूले शर्ट्स प्लेयरको मेनुमा गएर यो विकल्प रोज्न सक्छन् ।
यो अपडेटले प्रयोगकर्ताहरूलाई आफ्नो शर्ट्स हेर्ने अनुभवलाई नियन्त्रण गर्ने थप अधिकार दिनेछ । यो फिचर उपलब्ध भएसँगै युट्युब शर्ट्स अब इन्स्टाग्राम रिल्स् र टिकटक जस्तै देखिनेछ, जहाँ यस्ता सुविधाहरू पहिलेदेखि नै उपलब्ध छन् ।
यसका साथै युट्युबले शर्ट्सका लागि २ एक्स (२ह) प्लेब्याक स्पिडको विकल्प पनि रोलआउट गरिरहेको छ । यसले गर्दा दर्शकले चाहेमा सामग्रीहरू अझ चाँडो हेरेर सकाउन सक्छन् । शर्ट्स भिडियोलाई फास्ट फरवार्ड गर्नका लागि प्रयोगकर्ताले शर्ट्स प्लेयरको स्क्रिनको किनारमा थिचिराख्नु पर्छ र भिडियो दोब्बर गतिमा चल्न थाल्छ ।
औँला हटाएपछि भिडियो पुन: सामान्य गतिमा फर्कन्छ । यदि पूरै भिडियोलाई २ एक्स गतिमा नै लक गरेर हेर्न मन लागेमा प्लेयरमा थिचेर तलतिर स्वाइप गर्नुपर्छ ।
प्रयोगकर्ताहरूको नियमित हेर्ने बानीलाई सहज बनाउनका लागि यो कदम निकै फाइदाजनक हुन सक्छ । यसका साथै प्राप्त हुने नयाँ र विशिष्ट डेटाले युट्युबको रेकमेन्डेसन प्रणालीलाई सुधार्न र प्रयोगकर्तालाई अझ राम्रो अनुभव प्रदान गर्न मद्दत गर्ने देखिन्छ । एजेन्सी
प्रतिक्रिया 4