News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको साल्दाङमा गस्तीका क्रममा घाइते भएका प्रहरी जवान ललित सुनारलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको छ ।
- ढुङ्गामा चिप्लिएर खुट्टामा गम्भीर चोट लागेका सुनारको नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अनिल राज गिरीले जानकारी दिनुभयो ।
- प्रहरी प्रधान कार्यालयको समन्वयमा असार १३ गते घाइते जवानको उद्धार गरिएको हो भने उनको स्वास्थ्य अवस्था हाल चिकित्सकको निगरानीमा रहेको छ ।
१३ असार, डोल्पा । हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा गस्तीका क्रममा घाइते भएका एक प्रहरी जवानलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–०३ साल्दाङ क्षेत्रमा शुक्रबार राति गस्तीमा खटिएको बेला ढुङ्गामा चिप्लिएर लड्दा दाहिने खुट्टाको घुँडामुनि चोट लागेर घाइते भएका प्रहरी जवान ललित सुनारलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल राज गिरीले जानकरी दिए ।
उनका अनुसार घाइते प्रहरी जवान असार १२ गते राति करिब ८:४५ बजे प्रहरी चौकी साल्दाङबाट प्रहरी नायब निरीक्षक दामोदर ज्ञवालीको कमाण्डमा तीन सदस्यीय गस्ती टोली साल्दाङ बजार आसपासको क्षेत्रमा गस्ती गरिरहेको बेला उक्त घटना भएको थियो ।
घाइते प्रहरी जवान सुनारलाई घटनापछि तत्काल प्रारम्भिक उपचार गरिएको थियो ।
त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको समन्वय र आवश्यक सहयोगमा असार १३ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज पठाइएको हो ।
प्रहरीका अनुसार घाइते प्रहरी जवानको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ ।
प्रतिक्रिया 4