+
फिफा विश्वकप २०२६ :

एसियाको साख धान्ने जापानले स्तब्ध पार्ला ब्राजिललाई?

२०८३ असार  १५ गते १२:०३ २०८३ असार १५ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ मा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावर हाउस जापानबीच प्रतिस्पर्धा हुँदैछ ।
  • नेपाली समयअनुसार राती पौने ११ बजे सुरु हुने यस खेलमा जापान सामु एसियाको साख जोगाउने थप जिम्मेवारी रहेको छ ।
  • ब्राजिल र जापान दुवै टोली समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को दोस्रो खेलमा आज पाँच पटकको विश्व विजेता ब्राजिल र एसियाली पावर हाउस जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल नेपाली समय अनुसार राती पौने ११ बजे ह्युस्टन स्टेडियममा सुरु हुनेछ ।

विश्वकप र विश्व फुटबलकै पर्याय बनेको ब्राजिल र एसियाको पावर हाउसको रुपमा रहेको जापानबीचको यस खेल निकै प्रतिक्षाको साथ हेरिएको छ ।

यस विश्वकपमा एसियाबाट नकआउट चरणमा प्रतिनिधित्व गर्ने टिमको रुपमा जापान सामु एसियाको साख जोगाउने जिम्मेवारी पनि छ । राउण्ड अफ ३२ मा जापानसँगै एसियाको कोटाबाट खेल्दै आएको अस्ट्रेलिया पनि छ । तर अस्ट्रेलिया फरक महादेशको हुादा जापान नै एसियाको एक्लो टिमको रुपमा छ ।

ब्राजिल र जापान समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन् । ब्राजिल समूह सी को विजेता बन्दा जापान समूह एफको उपविजेताको रुपमा राउण्ड अफ ३२ मा प्रवेश गरेका थिए ।

एकातिर पाँच पटकको विश्व विजेता ब्राजिल अर्कोतिर एसियाको पावर हाउस जापान । यो एसियाकै लागि मात्र नभएर विश्वभरका फुटबल समर्थकको लागि पनि प्रतिक्षित खेल बनेको छ ।

यस खेलको विजेताले अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग खेल्नेछ ।

सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकप जितेयता ब्राजिलले विश्वकप जित्न सकेको छैन । यस पटक कीर्तिमानी छैटौं उपाधि जित्ने लक्ष्यमा ब्राजिल छ । जापान भने अहिलेसम्म अन्तिम १६ बाट अगाडि बढ्न सकेको छैन । राउण्ड अफ ३२ मै ब्राजिल प्रतिद्वन्दी परेपछि अहिले जापानका लागि विश्वकपमा यो इतिहासकै ठूलो खेल बनेको छ । यदी ब्राजिललाई स्तब्ध पार्न सके जापानको लागि त्यो ऐतिहासिक उपलब्धी हुनेछ ।

जापान लगातार तेस्रो र पछिल्लो सात विश्वकपमा पाँचौ पटक नकबउट चरणमा प्रवेश गरेको हो । तर जापानले अहिलेसम्म नकआउट चरणमा कुनै खेल जित्न सकेको छैन र पहिलो जितको खोजीमा छ ।

समूह चरणको प्रदर्शन

पाँच पटक विश्वकप जितिसकेको ब्राजिल आफ्नो समूहमा स्वभाविक दाबेदारको रुपमा थियो । तर पहिलो खेलमै मोरक्कोसँग केही सं३र्ष गरेको ब्राजिलले १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

मोरक्कोसँग एक गोलले पछि परेको अवस्थामा भिनिसियस जुनियरले बराबरी गोल फर्काउँदै अंक दिलाएका थिए ।

त्यसपछि भने ब्राजिलले हाइटी र स्कटल्यान्डलाई समान ३-० ले पराजित गर्‍यो । भिनिसिसयस जुनियर र माथियस कुन्हा नायक बन्दा बाँकी दुई खेलमा ब्राजिलले क्निसिटसहित शानदार जित निकालेको हो । भिनिसियसले स्कटल्यान्ड विरुद्ध दुई र हाइटी विरुद्ध एक गोल गरे ।

उनी ब्राजिलका लागि विश्वकपमा समूह चरणको ट्टीन खेलमा गोल गर्ने पाँचौ खेलाडी बने । यस्तै तीनै खेलमा भिनिसियस प्लेअर अफ दि म्याच बनेका थिए ।

स्टार खेलाडी नेमार सुरुवाती दुई खेल खेल्न नसक्दा स्कटल्यान्ड विरुद्ध बेन्चबाट आएका खेलेका थिए ।

ब्राजिल समूह सी मा ७ अंक जोड्दै समूह विजेता बनेको हो । मोरक्कोको पनि समान ७ अंक रहेपनि गोलअन्तरमा ब्राजिल अघि रहेको हो ।

सन् १९८२ को विश्वकप देखि ब्राजिलले हरेक विश्वकपमा समूह चरणमा शीर्ष स्थानमै रहँदै आएको छ ।

अर्कोतर्फ जापानले पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

जापान नेदरल्यान्ड्स भन्दा पछि रहेर समूह एफको विजेता बन्दा एक जित र दुई बराबरीको नतिजा निकालेको थियो ।

पहिलो खेलमै नेदरल्यान्ड्ससँग खेलेको जापानले दुई पटक पछि पर्दा पनि शानदार पुनरागमन गर्दै खेल २-२ को बराबरीमा सकाउँदै अंक खोस्न सफल भएको थियो । त्यसपछि ट्युनिसियालाई ४-० को फराकिलो अन्तरले हराएँदै जापानले पहिलो जित हात पार्‍यो ।

समूहको अन्तिम खेलमा भने जापानले स्वीडेन विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो । त्यस खेलमा जापानले पहिले अग्रता लिएपनि कायम राख्न सकेन भने स्वीडेनले बराबरी गोल फर्काउँदा अंक बाँड्नुपरेको हो ।

हेड टु हेड

ब्राजिल र जापानबीच अहिलेसम्म भएको खेल हेर्दा ब्राजिल बलियो बलियो देखिएको छ । अहिलेसम्म यी दुई टोलीबीच कूल १४ खेल भएकोमा ११ खेल ब्राजिलले जितेको छ । जापानले एक खेल मात्र जित्दा २ खेल बराबरीमा सकिएको छ ।

यस्तै विश्वकपमा भने ब्राजिल र जापान दोस्रो पटक आमने सामने हुन लागेका हुन् । सन् २००६ मा जर्मद्दीमा भएको विश्वकपको समूह चरणमा रोनाल्डोको दुई गोल मदतमा ब्राजिलले जापानलाई ४-१ ले पराजित गरेको थियो ।

जापानले २०२५ अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलमाथि ३-२ को ऐतिहासिक जित हात पारेको थियो । घरेलु मैदानमा भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै जापानले शानदार जित निकालेको हो ।

पाउलो हेनरिकले २६औं र गाब्रीएल मार्टिनेलीले ३२औं मिनेटमा गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा जापानमा खेलमा फर्कियो । ताकुमी मिनामिनोले ५२औं र केइतो नाकामुराले ६२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि आयस उएदाले ७१औं मिनेटमा विजयी गोल गरे । नाकामुरा र उएदा यस पटक जापानको टिममा महत्वपूर्ण खेलाडीको रुपमा छन् भने मिनामिनोले चोटका कारण विश्वकपमा स्थान बनाउन सकेनन् ।

प्लेअर्स टु वाच

यस खेलमा ब्राजिल र जापान दुवैको परवार्डमा धेरैको नजर रहनेछ । ब्राजिलका लागि मुख्यकर्ता भिनिसियस जुनियर र माथियस कुन्हा तथा जापानका लागि उएदा सँगै नाकामुरा र दाइची कामाडा हेर्न लायक खेलाडीको रुपमा हुनेछन् । ब्राजिलका लागि अहिलेसम्म दुई खेलाडीले मात्र गोल गर्दा जापानका लागि गोल र असिस्टमा गरी कूल १० खेलाडी इलभल्भ भइसकेका छन् । त्यसमा दाइची कामाडा र उएदाले २-२ गोल गरेका छन् । समूह चरणमा ब्राजिल र जापान दुवैले ७-७ गोल गरेका थिए ।

ब्राजिलका लागि भिनिसियसले ४ र कुन्हाले ३ गोल गरिसकेका छन् । भिनिसियसले समूहको तीनवटै खेलमा गोल गर्दै तीनवटैमा प्लेअर अफ दि म्याच अवार्ड समेत जितेका थिए ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय