+
+
Shares
शिक्षा नियमावली १०औं संशोधन :

शिक्षक महासंघ निर्वाचनमा सबै शिक्षक मतदाता

यसअघि महासंघको निर्वाचनमा विभिन्न संस्थाहरूबाट प्रतिनिधि सहभागी हुने व्यवस्था थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १४:३५

१९ असार, काठमडौं । नेपाल शिक्षक महासंघको निर्वाचनमा सबै शिक्षकले मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

सरकारले बिहीबार स्वीकृत गरेको शिक्षा नियमावली १०औं संशोधनमा नेपाल शिक्षक महासंघ सम्बन्धी व्यवस्था राखिएको छ । जसमा महासंघको निर्वाचनमा सबै शिक्षकले मतदान गर्न पाउने व्यवस्था राखिएको हो ।

‘सबै शिक्षकले मतदान गर्न पाउने व्यवस्था विधानमा गर्नुपर्नेछ,’ नियमावलीमा भनिएको छ ।

यसअघि महासंघको निर्वाचनमा विभिन्न संस्थाहरूबाट प्रतिनिधिको सहभागी हुने गरेको थियो । ‘पहिले संस्थाहरूले प्रतिनिधि पठाउने गरेको थियो । अब विधान संशोधन गर्ने तयारी गरेका छौँ,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

नेपाल शिक्षक महासङ्घ सम्बन्धी विधान दर्ता गर्नु अघि मन्त्रालयको सहमति प्राप्त गर्नु पर्ने नियमावलीमा भनिएको छ । महासङ्घको निर्वाचन सम्बन्धी व्यवस्था नेपाल शिक्षक महासङ्घको विधानमा उल्लेख भए बमोजिम हुनेछ ।

मन्त्रालयको स्वीकृति प्राप्त नगरेको भए यो नियम प्रारम्भभएको मितिले तीस दिन भित्र विधान स्वीकृतिको लागि मन्त्रालयमा पेस गर्नुपर्ने छ । विधान स्वीकृतिको लागि पेस नगरेमा त्यस्तो विधानले मान्यता प्राप्त गर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?