१९ असार, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया तथा युनाइटेड वर्ल्ड रेस्लिङ तालिम शिविरमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।
जुलाई ६ देखि १७ तारिखसम्म हुने यु–१७ उमेरसमूहको तालिममा निशान्तकुमार यादव र रश्मि थाडा सहभागी हुने छन् । प्रशिक्षकमा मनीषा सिंह छिन् ।
उक्त तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली कुस्ती टोली सोमबार चीनको ग्वाङझाव जाने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4