२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा अर्जेन्टिनाले केप भर्डेविरुद्ध अतिरिक्त समयमा अग्रता लिएको छ ।
मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता लिएको हो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाएका हुन् ।
यसअघि निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
२९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमाडेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए ।
प्रतिक्रिया 4