+
+
Shares

नक्कली शरणार्थी प्रकरणको फैसला, संक्षिप्त आदेश आउन बाँकी

फैसलाको संक्षिप्त आदेश तयार हुने क्रममा रहेकाले अरु विवरण सार्वजनिक भइसकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते २०:१०

२३ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको फैसला गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला गरेको हो ।

आरोपितहरूमध्ये केही दोषी ठहर भएका छन् भने केहीले सफाइ पाएको अदालत सम्बद्ध स्रोतले बतायो ।

यो  प्रकरणमा पूर्वमन्त्रीहरू बालकृष्ण खाण, टोपबहादुर रायमाझी लगायतमाथि मुद्दा लागेको  थियो ।

जिल्ला अदालतले दोषी ठहर भएका केही आरोपितको हकमा सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने भनेको छ ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भएका कसुरदारलाई सजाय निर्धारणका लागि फेरि छुट्टै प्रतिवेदनसहित अदालतमा पेश गरेर सुनुवाइ गर्नुपर्छ ।

फैसलाको संक्षिप्त आदेश तयार हुने क्रममा रहेकाले अरु विवरण सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?