२५ असार, काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारको परराष्ट्र नीतिबारे प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक ऐन महरले यसबारे प्रश्न गरेका हुन् ।
‘के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा हो ?’ उनले भने, ‘के बालेन्द्र शाह नेतृत्वको सरकारको छिमेक सम्बन्धी परराष्ट्र नीति परिवर्तन भएको हो ?’
काठमाडौंको स्वयम्भूस्थित एउटा निम्न माध्यमिक विद्यालयमा दलाइ लामाको जन्मोत्सव मनाउन दिएको विषय उनले संसद्मा राखेका हुन् ।
यसअगाडि नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमाल र रमेश मल्लले समेत यो विषय उठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4