News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको र जनताको सेवा गर्न आएको बताएका छन्।
- उनले संसद्मा घाँटी चिच्याएर मात्र काम नहुने भन्दै जनताको सेवा हातले गरेर देखाउनुपर्ने जिकिर गरे।
- गृहमन्त्री गुरुङले आफू कुनै पनि स्टन्टबाजी गर्ने इच्छा नभएको बताउँदै देश सेवा नै आफ्नो उद्देश्य भएको उल्लेख गरे।
२६, असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले आफू जनताको सेवाका लागि आएको दाबी गरे ।
उनले सांसदहरूलाई संसद्मा घाँटी चिच्याएर मात्रै नहुने जिकिर गरे ।
‘घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’
उनले थप भनेका छन्, ‘हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौं । म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा कति जना हुनुहुन्थ्यो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ ।’
प्रतिक्रिया 4