News Summary
Generated by OK AI. Editorially reviewed.- रुसी विदेशमन्त्री सर्गेई लाभरभले रुस र आसियानबीच खाद्य तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्न सहकार्यको धेरै राम्रो सम्भावना रहेको बताएका छन्।
- लाभरभले भने, 'हामी खाद्य र ऊर्जा सुरक्षा, डिजिटल ट्रान्सफर्मेसन अनि प्लेटफर्म इकोनोमीको क्षेत्रमा धेरै राम्रो सम्भावना देख्छौँ।'
- उनले कजान शिखर सम्मेलनले समानता र आपसी लाभका सिद्धान्तमा आधारित बहुआयामिक सहकार्यलाई अगाडि बढाउने साझा इच्छा स्पष्ट पारेको उल्लेख गरे।
रुसी विदेशमन्त्री सर्गेई लाभरभले रुस र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) बीच खाद्य तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्न सहकार्यको धेरै राम्रो सम्भावना रहेको बताएका छन्। इन्डोनेसियाको मनिलामा आयोजित रुस-आसियान विदेशमन्त्रीस्तरीय बैठकमा लाभरभले यो कुरा बताएका छन्।
लाभरभले भने, ‘हाम्रा देशका नेताहरू राजनीति र सुरक्षाका क्षेत्रमा महत्त्वपूर्ण सहमतिमा पुगेका छन्। नयाँ खतरा र चुनौतीहरूसँग जुध्न पनि सहमति भएको छ। व्यापार, अर्थतन्त्र, लगानी, संस्कृति, शिक्षा र मानवीय सम्बन्ध विकासमा सम्झौता भएका छन्। हामी खाद्य र ऊर्जा सुरक्षा, डिजिटल ट्रान्सफर्मेसन अनि प्लेटफर्म इकोनोमीको क्षेत्रमा धेरै राम्रो सम्भावना देख्छौँ। कजान शिखर सम्मेलनमा पारित चार वटा मौलिक दस्तावेजले यी सबै क्षेत्रमा संयुक्त कार्यका लागि स्पष्ट दिशानिर्देश गरेका छन्।’
कजान शिखर सम्मेलनको आसियान देशहरूमा उच्च प्रशंसा भएको विदेशमन्त्रीले थपे ।
उनले भने, ‘हिजो साँझको एउटा उत्कृष्ट स्वागत समारोहमा र आज बिहान बैठक सुरु हुनुअघि आसियानका धेरै सहकर्मी अनि साथीहरूले कजान शिखर सम्मेलनलाई सम्झिए। उनीहरूले सो सम्मेलनप्रति उच्च सम्मान व्यक्त गरे। त्यस सम्मेलनले समानता, पारस्परिक सम्मान र आपसी लाभका सिद्धान्तमा आधारित बहुआयामिक सहकार्यलाई अगाडि बढाउने रुस र आसियानको साझा इच्छा स्पष्ट रूपमा देखाएको छ।’
लाभरभ जुलाई २१ मा फिलिपिन्सको राजधानी मनिला पुगेका हुन्। उनी जुलाई २३ सम्म विभिन्न कार्यक्रममा संलग्न रहनेछन्।
उनी रुस-आसियान ढाँचाको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन्। उनी इस्ट एसिया समिट र आसियान क्षेत्रीय सुरक्षा मञ्चमा पनि सहभागी हुनेछन्। यसबाहेक उनले द्विपक्षीय भेटघाट पनि गर्नेछन्।
प्रतिक्रिया 4