+
+
Shares

एक लाख २० हजार क्याप्सुल लागुऔषधसहित काठमाडौंको गाङखेलबाट ३ जना पक्राउ

नियन्त्रणमा लिइएकाहरूका साथबाट डामाडोल नामको लागुऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनी को बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२-०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँसमेत बरामद गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलको टोलीले काठमाडौंको गाङखेलबाट ठूलो परिमाणमा लागुऔषधसहित तीनजना भारतीय तथा नेपाली नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूको साथबाट एक लाख २० हजार क्याप्सुल डामाडोलसहित एउटा गाडी र मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
  • सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन्।

१३ साउन, काठमाडौं । ससश्त्र प्रहरीले काठमाडौं महानगरपालिका-१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीनजनालाई पक्राउ रेको छ ।

भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ-५ घर भई हाल ललितपुर महालक्ष्मी थान- ६ बस्ने २४ वर्षीय दिपक राई पक्राउ परेका हुन् ।

भारतबाट ल्याएर नेपालमा लागुऔषध बेचबिखन गरिरहेको सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूका साथबाट डामाडोल नामको लागुऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनी को बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२-०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद सामानसहित कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?