+
+
Shares

१५८० ट्याब्लेट र क्याप्सुल लागुऔषधसहित धनकुटामा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ७:४६

१३ साउन, धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

शहीदभूमि गाउँपालिका वडा नं. ६, पानिटारका रायबहादुर राईको घरमा खानतलासी गर्दा उनका १८ वर्षीय छोरा रबिन राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ७५ पत्ता अर्थात ७५० क्याप्सुल ट्रमाडोल-५०, डाइसाक्लोमाइन हाइड्रोक्लोराइड आईपी २० एमजी ४६ पत्ता अर्थात ४६० ट्याब्लेट र डाइसाक्लोमाइन एचसीआई आईपी २० एमजी  ३७ पत्ता अर्थात ३७० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

बरामद गरिएका प्रतिबन्धित लागुऔषधसहित राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?