+
+
Shares

सिरहाको गोलबजार नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यू आदेश

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आद्ददोलन वा हुलदंगा भई शान्ति भंग हुन जाने देखिएको भन्दै जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजार नगरपालिकामा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो २ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
  • जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पूर्व-पश्चिम राजमार्गको कसहा खोलादेखि चोहर्वा चोक र सैनिक चोकदेखि राप्रराप्र बहुमुखी क्याम्पससम्मको क्षेत्रमा कर्फ्यू लगाइएको हो ।
  • शान्ति भंग हुन सक्ने सुरक्षा स्थितिको विश्लेषण गरी प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि उक्त क्षेत्रमा आवागमन तथा भेला हुन रोक लगाएको छ ।

१४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा बिहीबार दिउँसोदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जारी गरेको सूचनामा छ ।

प्रशासनले जारी गरेको सूचना अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका-३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोक, उत्तरतर्फ गोलबजार नगरपालिका-६ को सैनिक चोकदेखि दक्षित तर्फ गोलबजार नगरपालिका-४ को राप्रराप्र बहुमुखी क्याम्पस क्षेत्रमा कर्फ्यू लगाएको हो ।

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आद्ददोलन वा हुलदंगा भई शान्ति भंग हुन जाने देखिएको भन्दै जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाएको जनाएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?