News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सप्तरीको राजविराज र बोदेबरसाईनमा प्रदर्शन हुँदा जनजीवन प्रभावित भएको छ।
- प्रदर्शनकारीले बजारका पसल बन्द गराएपछि स्थानीय हाटबजार र व्यापारिक गतिविधि ठप्प भएका छन्।
- जिल्ला प्रशासन कार्यालय सप्तरीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्न सबैमा सार्वजनिक अपिल गरेको छ।
१४ साउन, सप्तरी । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सप्तरीको राजविराज र बोदेबरसाईनमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीहरूले राजबिराजको नेता चोक, गजेन्द्र चोकलगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै बजारका पसलहरू बन्द गराएका छन् ।
त्यसका कारण राजबिराज बजार क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र बोदेबरसाईन बजारमा पनि प्रदर्शन गरिएको छ ।
साप्ताहिक हाटबजार लाग्ने दिन भएकाले प्रदर्शनका कारण व्यापारिक गतिविधि प्रभावित भएका छन् ।
सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि त्यसको प्रभाव मधेश प्रदेशका अन्य जिल्लामा समेत देखिन थालेको छ। त्यसैको विरोधस्वरूप सप्तरीमा पनि प्रदर्शन जारी रहेको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीमा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्न आग्रह सार्वजनिक अपिल गरेको छ ।
प्रतिक्रिया 4