+
+
Shares

जलस्रोत तथा सिँचाइ विभागका दरबन्दी कटौतीमा परेका सब-इन्जिनियर आन्दोलित

दुई दिनदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अगाडि धर्ना

विभागको नयाँ संगठन संरचनाअनुसार ६५ प्रतिशत दरबन्दी कटौती गरेर १६७ जनालाई फाजिलमा राखिएको आन्दोलनरत सब–इन्जिनियरले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १८:१४

१९ साउन, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागमा दरबन्दी कटौती गरेर फाजिलमा राखिएका सब–इन्जिनियरहरू आन्दोलित भएका छन् ।

विभागको नयाँ संगठन संरचनाअनुसार ६५ प्रतिशत दरबन्दी कटौती गरेर १६७ जनालाई फाजिलमा राखिएको आन्दोलनरत सब–इन्जिनियरले बताएका छन् । उनीहरूले नायब सुब्बा सरहको स्थायी कर्मचारी रहेको बताएका छन् ।

सरकारले सेवा गरिरहेका सब–इन्जिनियरलाई फाजिलमा राखेर अन्याय गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई दिनदेखि धर्ना दिइरहेका छन् ।

मन्त्रालयमा धर्नामा रहेका सब–इन्जिनियरले विभाग जाँदा मन्त्रालय जाँदा विभाग र विभाग जाँदा मन्त्रालय देखाएर पन्छिने गरेको बताएका छन् ।

कर्मचारी कटौती गर्ने निर्णयबारे जानकारी लिन आफूहरूले हेलो सरकारमा समेत गुनासो गरेको आन्दोलनरत सब–इन्जिनियरहरूले बताएका छन् । उक्त गुनासो उपर विभागले मन्त्रालयलाई पत्र लेखेर विभागबाट दरबन्दी कटौती नगरेको प्रतिक्रिया दिएको छ ।

दुई दिनदेखि मन्त्रालयमा धर्ना बस्दा पनि मन्त्री र सचिवबाट छलफलका लागि कुनै सम्बोधन नभएको उनीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?