+
+
Shares

अव्यवस्थित तार व्यवस्थापन गर्दै सेवा प्रदायक संस्थाहरू (तस्वीरहरू)

इन्टरनेट लगायतका सेवा प्रदायक संस्थाहरूले काठमाडौं उपत्यकाका मुख्य शहरभित्र रहेका अव्यवस्थित तारहरू धमाधम व्यवस्थापन गरिरहेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन २१ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारको निर्देशनपछि काठमाडौं उपत्यकाका मुख्य शहरहरूमा अव्यवस्थित तारहरू व्यवस्थापन गर्ने काम धमाधम भइरहेको छ।
  • सेवा प्रदायक संस्थाहरूले कालीमाटी-कलंकी सडक खण्डसहित ६ वटा मुख्य रुटमा रहेका प्रयोगविहीन तारहरू हटाउन सुरु गरेका छन्।
  • सडक किनारामा लत्रिएका तारहरूले शहरको सौन्दर्य बिगार्नुका साथै दुर्घटनाको जोखिम बढाएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकाभित्रका अव्यवस्थित तारहरूलाई व्यवस्थित बनाउने काम धमाधम भइरहेको छ ।

इन्टरनेट लगायतका सेवा प्रदायक संस्थाहरूले काठमाडौं उपत्यकाका मुख्य शहरभित्र रहेका अव्यवस्थित तारहरू धमाधम व्यवस्थापन गरिरहेका छन् ।

बिजुलीका पोलमा अव्यवस्थित रूपमा रहेका इन्टरनेट, टेलिफोन, टेलिभिजन लगायतका तारहरू व्यवस्थापन गर्न सरकारले सरोकारवाला संस्थाहरूलाई निर्देशन दिएको थियो ।

सडक किनारामा लत्रिएका तारहरूले शहरको सौन्दर्य बिगार्नेदेखि लिएर दुर्घटनाको जोखिम समेत बढाएको सरोकारवालाहरू बताउँछन् ।

इन्टरनेट लगायतका सेवा प्रदायक संस्थाहरूले अहिले कालीमाटी-कलंकी सडक किनाराका अव्यवस्थित तारहरू धामधम व्यवस्थापन गरिरहेका छन् ।

पहिलो चरणमा काठमाडौं उपत्यकाका त्रिपुरेश्वर-कालिमाटी-कलंकी, जडीबुटी-पेप्सीकोला, त्रिपुरेश्वर-लाजिम्पाट, सामाखुशी-टाउन प्लानिङ-गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर-गौशाला-चाबहिल गरी ६ वटा मुख्य रुटमा रहेका प्रयोगविहीन तारहरू व्यवस्थापन गरिँदै छ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?