+
+
Shares

सांसद मल्लको चिन्ता– सार्वजनिक अस्पतालहरू आफैं ‘बिरामी’ परे

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद रमेश मल्लले सार्वजनिक अस्पतालमा नेतृत्वविहीनता र उपकरण अभावका कारण स्वास्थ्य सेवा धराशायी भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
  • वीर अस्पताललगायतका स्वास्थ्य संस्थामा पदाधिकारी नियुक्त नहुँदा खरिद प्रक्रिया ठप्प भएको र बिरामीले सामान्य सामग्रीसमेत आफैं किन्नुपर्ने बाध्यता रहेको उनले बताए ।
  • अध्यादेशमार्फत पदाधिकारी हटाउँदा निम्तिएको संस्थागत संकट र कर्णालीमा चिकित्सकको अभाव अन्त्य गर्न सरकारले ठोस नीति ल्याउनुपर्ने मल्लको भनाइ छ ।

२१ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले मुलुकको स्वास्थ्य क्षेत्रको अवस्था गम्भीर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद मल्लले सार्वजनिक अस्पतालहरूको दयनीय अवस्था र प्रशासनिक नेतृत्वको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको बताए ।

सांसद मल्लले नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदै गएको र सार्वजनिक अस्पतालहरू आफैं ‘बिरामी’ परेको टिप्पणी पनि गरे ।

‘अहिलेको स्थिति हेर्दा नागरिकको जीवनस्तर खस्कनु र गरिबी बढ्नुको एउटा मुख्य कारण स्वास्थ्य क्षेत्रको दुरावस्था बन्ने देखिएको छ, यो अत्यन्तै गम्भीर विषय हो । वीर अस्पतालमा उपकुलपति नियुक्ति भएपनि अन्य पदाधिकारी र निर्देशक नियुक्ति नहुँदा खरिद प्रक्रिया ठप्प छ,’ उनले भने, ‘चिकित्सकले प्रयोग गर्ने मास्क र पन्जासमेत बिरामीले किनेर दिनुपर्ने अवस्था छ । त्यहाँको एमआरआई र भेरी अस्पतालको सिटी स्क्यान मेसिन लामो समयदेखि बिग्रिएर सेवा अवरुद्ध हुँदा पनि मन्त्रालयको ध्यान पुग्न सकेको छैन ।’

सरकारले अध्यादेशमार्फत विभिन्न निकायका पदाधिकारीहरूलाई एकमुष्ट पदमुक्त गरेपछि मन्त्रालय मातहतका ६ वटा परिषद्, ६ वटा स्वास्थ्य शैक्षिक प्रतिष्ठान र १९ वटा संघीय अस्पतालहरू लामो समयदेखि नेतृत्वविहीन रहेको मल्लले उल्लेख गरे ।

‘कर्णालीमा ७८ वटा दरबन्दी खाली छन् । प्रदेश सरकारले पटक–पटक विज्ञापन गर्दा पनि चिकित्सकहरू जान तयार छैनन् । छात्रवृत्तिका चिकित्सकहरू पठाए पनि उहाँहरू कार्यक्षेत्रमा जान नचाहने मनोविज्ञान देखिन्छ । यसका लागि राज्यले ठोस नीति ल्याउनु जरुरी छ,’ उनले भने ।

सरकारले उचित तयारी र विकल्पबिना पदाधिकारीहरू हटाउँदा संस्थागत संकट निम्तिएको सांसद मल्लले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?